नेपाल टेलिकमको लाभांश घोषणा, बुकक्लोज कहिले ?

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट बम्पर लाभांश घोषणा गरेको छ ।

टेलिकम सञ्चालक समितिको शनिबार बसेको बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत अर्थात् प्रतिकित्ता ३० रुपैयाँ नगद लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २८ गते १७ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सभा राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुस १८ गतेदेखि २७ गतेसम्म बुकक्लोज तोकेको छ । सो अनुसार पुस १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

प्रस्तावित लाभांश अर्थमन्त्रालयको स्वीकृति र कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

नेपाल हाइड्रो डेभलपरको सेयर किन्ने आज अन्तिम दिन Read Previous

नेपाल हाइड्रो डेभलपरको सेयर किन्ने आज अन्तिम दिन

नौबिसे-मुग्लिन सडक आजदेखि दिउँसो ३ घण्टा बन्द हुने Read Next

नौबिसे-मुग्लिन सडक आजदेखि दिउँसो ३ घण्टा बन्द हुने