नेपाल हाइड्रो डेभलपरको सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल हाइड्रो डेभलपरले गत आव २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेका् छ ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (पुस ८ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउने छन् ।

कम्पनीले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्प्नीले पुस २५ गते १८ औँ वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने Read Previous

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

नेपाल टेलिकमको लाभांश घोषणा, बुकक्लोज कहिले ? Read Next

नेपाल टेलिकमको लाभांश घोषणा, बुकक्लोज कहिले ?