प्रभु बैंकको एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन सुनसरीमा

काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित वडा नं १ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

 

सुनसरीस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको बुधबार (पुस १६ गते) सुनसरीका प्रमुख जिल्ला अधिकृत राजेश पौडेलले उद्घाट्न गरे।

 

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गरेको बैंकले जनाएकोे छ ।

 

उक्त काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने बैंकको भनाई छ। प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

 

बैंकले हाल देशभरका २०२ वटा शाखा कार्यालय, १५२ वटा एटीएम ४० वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

भ्रमण वर्षमा पर्यटकलाई १ रुपैयाँमा बास ! Read Previous

भ्रमण वर्षमा पर्यटकलाई १ रुपैयाँमा बास !

सन् २०१९ मा पूर्वाधार : सुरुङमार्गदेखि पूर्व-पश्चिम विद्युतीय रेलसम्म Read Next

सन् २०१९ मा पूर्वाधार : सुरुङमार्गदेखि पूर्व-पश्चिम विद्युतीय रेलसम्म