कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा

काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुर फाइनलमा पुगेको हो ।

कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । जनकपुरका लागि जिम्मी निशमले विष्फोटक ब्याटिङ गर्दै १७ बलमा ४५ रन बनाए । उनले ५ छक्का र २ चौका प्रहार गरे ।

त्यस्तै, शेर मल्लले अविजित १६, हर्श थाकरले १७, मयन यादवले १५ र आकाश त्रिपाठीले १३ रन जोडे ।

कर्णालीका लागि विपिन शर्माले ३ विकेट लिए । त्यस्तै, सोमपाल कामी, बोसिस्टो र मकसूदले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा १ चौका र २ छक्काको मद्दतमा २५ रन बनाएका हुन् ।

ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्काको सहयोगमा २४ रन जोडे भने विलियम बोसिस्टोले १५ बलमा एक चौकाको सहयोगमा १४ रन बनाए । जिशान मक्सुद ११ बलमा दुई चौकाको सहयोगमा १२ रन जोडे ।

त्यस्तै १७ बल खेलेका उनिस ठकुरीले दुई चौका प्रहार गर्दै १२ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कप्तान सोमपाल कामी ५ रनमा आउट भए भने जयकिशन कोल्सावालाले एक रन बनाए ।

जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान २/२ विकेट लिए । हर्ष ठाकर र शेर मल्लले समान एकरएक विकेट झारे । जनकपुर अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६०० बिन्दुभन्दा तल झर्यो Read Previous

नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६०० बिन्दुभन्दा तल झर्यो

मंसिरमा ३७ प्रतिशतले बढ्यो सेयर बजारबाट हुने सरकारको आम्दानी Read Next

मंसिरमा ३७ प्रतिशतले बढ्यो सेयर बजारबाट हुने सरकारको आम्दानी