नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६०० बिन्दुभन्दा तल झर्यो

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार ५ अंकले घटेको नेप्से आज ३१ अंकले घटेको हो ।

आज नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ बिन्दुमा आइपुगेको छ । सूचकमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४९ करोडले बढेर ४ अर्ब ७६ करोड रुपैयाँमा सीमित भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक २.७३ प्रतिशतले घटेको छ ।

आज जानकी फाइनान्सको सर्वाधिक १७ करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंकको ११ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये २९ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २११ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा पनि आज सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिश कमाएका छन् ।

आज नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीले सर्वाधिक ९.२१ प्रतिशत गुमाएका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने स्वदेशीभन्दा विदेशी धेरै, उठ्यो १० करोड राजस्व Read Previous

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने स्वदेशीभन्दा विदेशी धेरै, उठ्यो १० करोड राजस्व

कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा Read Next

कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा