वार्षिकोत्सवको अवसरमा भिभोले ल्यायो ‘क्रिक कार्निवल’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक स्मार्टफोन साझेदार भिभोले नेपालमा सातौं वर्ष पूरा गरेको छ ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा ७ औँ सेल्स कार्निवल, ‘क्रिक कार्निवल’को सुरुवात गरेको छ । यो रोमाञ्चक कार्यक्रम ४ डिसेम्बरदेखि ३१ डिसेम्बर, २०२४ सम्म सञ्चालन हुनेछ ।

यसमा ग्राहकहरूले भिभो स्मार्टफोन खरिद गर्दा आकर्षक पुरस्कार र विशेष सुविधा पाउने छन् । क्रिक कार्निवल अन्तर्गत भिभोले ग्राहकहरूलाई केटीएम आरसी २०० बम्पर पुरस्कार जित्ने मौका दिनेछ ।

साथै, रोमाञ्चक पुरस्कारमा भिभो स्मार्टफोनहरू, टीडब्ल्यूएस इयरबड्सहरू, ६ महिना सम्मको विस्तारित वारेन्टी र थप सरप्राइजहरू समावेश छन् ।

भिभोले ७ भाग्यशाली भिभोे भी ७ प्रयोगकर्ताहरूका लागि विशेष एक्सचेन्ज अफर ल्याएको छ । यी ग्राहकहरूले आफ्नो भिभोे भी ७, भिभोे भी ४० सँग केवल ३१ हजार रुपैयाँमा एक्सचेन्ज गर्न पाउनेछन् ।

मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने काम शीघ्र पूरा गर्न निर्देशन Read Previous

मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने काम शीघ्र पूरा गर्न निर्देशन

युद्धका कारण गाजामा बैंकका ९३ प्रतिशत शाखाहरू ध्वस्त Read Next

युद्धका कारण गाजामा बैंकका ९३ प्रतिशत शाखाहरू ध्वस्त