मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने काम शीघ्र पूरा गर्न निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिएका छन् ।

स्थानीय इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत स्थानमा जारी पाइपलाइनको कामको आज निरीक्षण गरेपछि उनले त्यस्तो निर्देशन दिएका हुन् । साथै उनले चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिए।

गुणस्तर सुनिश्चित नहुँदा धेरै स्थानमा पानी चुहिएको र पानी चुहिएका स्थानमा यथाशीघ्र मर्मतसम्भार गर्न उनले निर्देशन दिए।

मन्त्री यादवका साथ खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका वरिष्ठ अधिकारी थिए ।

लक्ष्मी सनराइज बैंकको सहयोगमा ‘नेटिभ पकेट वृक्षारोपण’ Read Previous

लक्ष्मी सनराइज बैंकको सहयोगमा ‘नेटिभ पकेट वृक्षारोपण’

वार्षिकोत्सवको अवसरमा भिभोले ल्यायो 'क्रिक कार्निवल' Read Next

वार्षिकोत्सवको अवसरमा भिभोले ल्यायो 'क्रिक कार्निवल'