लक्ष्मी सनराइज बैंकको सहयोगमा ‘नेटिभ पकेट वृक्षारोपण’

काठमाडौं । लक्ष्मी सनराइज बैंकको सहयोगमा काठमाडौंको टिका विद्याश्रम उच्च माध्यमिक विद्यालयमा २५० वटा रुखको ‘नेटिभ पकेट वन’ बनाउने उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

वातावरणीय दिगो विकास तथा स्थानीय जैविक विविधता सुधारको लागि बैंकले डा. जेन गुडाल इन्स्टिच्युट नेपाल, टिका विद्याश्रम उच्च माध्यमिक विद्यालय र ‘रेभोल्युसन प्रोजेक्ट’को सहकार्यमा उक्त वृक्षारोपन सम्पन्न गरेको हो ।

विश्व प्रसिद्ध एथोलोजिस्ट तथा वातावरणविध डा. जेन गुडालले स्वयं यस कार्यक्रममा उपस्थिति जनाउँदै वातावरणीय शिक्षा र दिगो विकासमा बैंकको पहलको प्रशंसा गरे । उनले बैंकको वातावरणीय संरक्षणको प्रतिवद्धता र विभिन्न अभ्यासहरूको समेत सराहना गरे ।

२५० वटा रुखको नेटिभ पकेट वनको वृक्षारोपण ‘मियावाकी प्रविधि’बाट गरिएको हो । यस प्रविधिले छोटो समयमा घना वन सिर्जना गर्दछ। यस प्रविधिले जैविक विविधता बढाउने मात्र नभएर एक दिगो हरित उद्यानको सिर्जना पनि गर्दछ जसले स्थानीय पर्यावरणलाई फाइदा पुर्याउनुका साथै विद्यार्थीहरू तथा स्थानिय समुदायको प्रकृतिसँग दीर्घकालीन सम्बन्ध प्रोत्साहन गर्दछ ।

लक्ष्मी सनराइज बैंकको आर्थिक सहयोग रहेको सो वृक्षारोपण पहलको नेतृत्व रेवोल्युसन प्रोजेक्टका विज्ञहरूद्वारा भएको थियो । यो पहल बैंकको गत महिना सम्पन्न नवौं आमन्त्रण गल्फ प्रतियोगितामा गरिएको ‘१ हजार वटा रुख रोप्ने प्रतिबद्वता’ को एक पाटो पनि रहेको छ ।

ठेक्का ताेड्ने चेतावनीपछि मध्यपहाडी लोकमार्गको काम तीव्र Read Previous

ठेक्का ताेड्ने चेतावनीपछि मध्यपहाडी लोकमार्गको काम तीव्र

मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने काम शीघ्र पूरा गर्न निर्देशन Read Next

मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने काम शीघ्र पूरा गर्न निर्देशन