३ महिनामा प्राधिकरणको आम्दानी ४२ अर्ब, खुद नाफा ९ अर्ब बढी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो ।

चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रुपैयाँ रहेको छ । यस्तै, ३२ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ बराबरको खर्च भएको छ ।

सो अवधिमा प्राधिकरणले ३२ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ बराबरको सञ्चालन सम्भार खर्च गरेको छ । यस्तै, विभिन्न वितरण केन्द्रको विद्युत् बिक्री रकम २८ अर्ब ९५ करोड ८ लाख ९८ हजार रहेको छ ।

प्राधिकरणले आफ्ना र सहायक कम्पनीबाट ८७ करोड ५२ लाख र अन्य निजी उत्पादक कम्पनीबाट ३ अर्ब २२ करोड ९५ लाख गरी जम्मा ४ अर्ब १० करोड ४७ लाख युनिट खरिद गरेको छ । त्यसका लागि २१ अर्ब ९ करोड १७ लाख रुपैयाँ बराबरको भुक्तानी गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

गत साउनदेखि असोज मसान्तसम्म भारतबाट बिजुली आयात गरिएको छैन । असोजको दोस्रो साताको बाढीका कारण अपेक्षित निर्यात हुन नसकेपनि सो अवधिमा आयात भने गर्नु नपरेको प्राधिकरणको भनाइ छ । सो अवधिमा प्राधिकरणले भारततर्फ १ अर्ब ४० करोड ६१ लाख युनिट बिजुली निर्यात गरी १० अर्ब ८८ करोड ८७ बराबर रुपैयाँको आम्दानी गरेको छ ।

नेपाल सरकार र वैदेशिक सहयोग एवम् लगानीमार्फत १६ अर्ब ९३ करोड ९१ लाख २७ हजार रुपैयाँ बराबर खर्च भएको छ । विभिन्न आयोजना र विद्युतीकरणका लागि सो रकम खर्च गरिएको हो । त्यसका लागि १० अर्ब ८८ करोड ३८ लाख १० हजार रुपैयाँ बराबरको रकम प्राधिकरण आफैले खर्च गरेको छ ।

त्यस्तै, वैदेशिक भुक्तानीतर्फ ६ अर्ब ५ करोड ५३ लाख १७ करोड रुपैयाँ बराबर रहेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रद भर्ने म्याद थप Read Previous

लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रद भर्ने म्याद थप

उपत्यकाका नदी करिडोर सडक मर्मत गर्न ८० करोड चाहिने, अर्थमा प्रस्ताव पेश Read Next

उपत्यकाका नदी करिडोर सडक मर्मत गर्न ८० करोड चाहिने, अर्थमा प्रस्ताव पेश