लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रद भर्ने म्याद थप

काठमाडौं । लाइफ इन्स्योरेसन कर्पोरेसन नेपाल (एलआइसीएन)को हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ ।

कम्पनीले मंसिर १२ गतेदेखि बिक्रीमा ल्याएको ८८.४५ प्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद पुस १७ गतेसम्म थप भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल),को केन्द्रीय तथा शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु, तिशनका शाख कार्यालयका साथै मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद सेयर प्रयोजनाका लागि कात्तिक ९ गते बुकक्लोज तोकेको थियो । सो अनुसार कात्तिक ८ गते कायम रहेका सेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन पाउने छन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले इन्स्योरेन्सलाई ‘इक्राएनपी इस्यूअर ए प्लस’ रेटिङ दिएको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको जनाउँदछ ।

हाल २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि ५ अर्ब रुपैयाँ पुग्नेछ ।

राधी विद्युतको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

राधी विद्युतको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

३ महिनामा प्राधिकरणको आम्दानी ४२ अर्ब, खुद नाफा ९ अर्ब बढी Read Next

३ महिनामा प्राधिकरणको आम्दानी ४२ अर्ब, खुद नाफा ९ अर्ब बढी