राधी विद्युतको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । राधी विद्युत कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (पुस ४ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

कम्पनीले गत वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न राधीले पुस १८ गते वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यु, तीखेदेवल, ललितपुरमा बिहान १० बजे सुरु हुनेछ ।

झन्झन् कमजोर बन्दै नेपाली रुपैयाँ, डलरको मूल्यले फेरि बनायो नयाँ रेकर्ड Read Previous

झन्झन् कमजोर बन्दै नेपाली रुपैयाँ, डलरको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रद भर्ने म्याद थप Read Next

लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रद भर्ने म्याद थप