काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार एक विज्ञप्ति जारी गर्दै विजेताले उक्त पुरस्कार पाउने घोषणा गरेको हो ।
क्यानका अनुसार उपविजेताले ५१ लाख रुपैयाँ पाउने छ । त्यस्तै, तेस्रो स्थानमा रहनेले २५ लाख र चौथो हुनेले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने यसअघि नै क्यानले घोषणा गरिसकेको छ ।
एनपीएलमा लिगचरणका खेल सकिएका छन् । भोलिदेखि प्लेअफका खेलहरू सुरू हुँदै छन् । सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स प्लेअफमा पुगेका छन् ।