नेप्सेमा सामान्य वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । सोमबार एकैदिन ५१ अंकले घटेको नेप्से आज झण्डै ३ अंकले बढेको हो ।

सूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा झण्डै डेढ अर्बले घटेर ४ अर्ब ३४ करोड रुपैयाँमा सीमित भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ८ वटाको परिसूचक बढेको छ भने ५ वटाको घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ०.८७ प्रतिशतले बढेको छ भने विकास बैंक समूहको ०.६५ प्रतिशतले घटेको छ ।

आज जानकी फाइनान्सको सर्वाधिक २२ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल फाइनान्सको १५ करोड रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ११७ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीकै मूल्य घटेको छ ।

आज सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् । त्यस्तै, जानकी फाइनान्स र दोल्ती पावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

बढ्दो बजारमा आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

 

मंसिरमा २९ प्रतिशतले बढ्यो घरजग्गा कारोबार, उठ्यो चालु वर्षकै धेरै राजस्व Read Previous

मंसिरमा २९ प्रतिशतले बढ्यो घरजग्गा कारोबार, उठ्यो चालु वर्षकै धेरै राजस्व

एनपीएलको विजेताले १ करोड १० लाख पुरस्कार पाउने Read Next

एनपीएलको विजेताले १ करोड १० लाख पुरस्कार पाउने