नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध, सदस्यमा को-को ?

काठमाडौँ । वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध चयन भएका छन् ।

संघको आगामी अध्यक्ष पदमा माछापुच्छ्रे बैंकका सीईओ रहेका कोइरालाको एकल उम्मेदवारी परेसँगै उनी निर्विरोध भएका हुन् ।

यद्यपि, औपचारिकता पाउन भने बाँकी छ । यही बुधबार बस्ने संघको साधरण सभाले उनलाई अनुमोदन गर्नेछ ।

त्यस्तै, संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका सुरेन्द्र रेग्मी चयन भएका छन् । त्यसैगरी,  संघको नयाँ सदस्यमा नेपाल बैंकका तिलकराज पाण्डे र कुमारी बैंकका रामचन्द्र खनाल निर्विरोध भएका छन् ।

अहिले संघका सदस्य रहेका प्रभु बैंकका अशोक शेरचन, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम बैंकका सञ्जीव मानन्धर, एभरेस्ट बैंकका सुदेश खालिङ, सिद्धार्थ बैंकका सुन्दर प्रसाद कँडेल हिमालयन बैंकका अशोक राणा सदस्यमा कायमै रहने छन् ।

एडीबीबाट २५ अर्ब ऋण लिइने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय Read Previous

एडीबीबाट २५ अर्ब ऋण लिइने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

डलरको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड Read Next

डलरको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड