काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा सोमबार भगवती हाइड्रोपावर र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा भगवती हाइड्रोपावरको ४ प्रतिशत (२ लाख २८ हजार ८२६ कित्ता) र प्रभु महालक्ष्मी लाइफको १० प्रतिशत (४२ लाख ९६ हजार) बोनस सेयर सूचीकृत भएको हो ।
दुवै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।