मीनबहादुरलाई एमालेको भवन बनाइदिने बाटो खुल्यो, सर्वोच्चद्धारा रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट जग्गादान लिन पाउने बाटो खुला गरिदिएको छ ।

सोमबार सर्वोच्चका न्यायाधीशद्धय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले एमालले जग्ग दिन लिने बारेको रिट खारेज गरिदिएको हो ।

यससँगै अब मीनबहादुरले एमालेलाई जग्गा दान दिन र पार्टीको केन्द्रीय कार्यालय बनाइदिने बाटो खुलेको छ ।

यसअघि गत कात्तिक १२ गते सर्वोच्च अदालतले नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा तत्काल पार्टी कार्यालय भवन निर्माण नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सोही मुद्दाको सुनुवाइ गर्दै आज रिट खारेज गरेको हो ।

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र मीनबहादुरले गत दशैंको फूलपातीको दिन कीर्तिपुर एमाले पार्टी कार्यालयको शिलान्यास गरेका थिए । मीनबहादुरले एमालेलाई १० रोपनी १४ आना जग्गामा दान दिएको घोषणा गरेका थिए ।

अदालतमा मुद्दा रहेका व्यक्तिबाट सत्तारुढ दलले सहयोग लिँदा स्वार्थको द्वन्द्व हुने र त्यसले नीतिगत मामिलामा समेत असर पर्ने भन्दै अधिवक्ता डा. ज्ञानबहादुर बस्नेत लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

सीएनआइवाइईएफको पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन ‘सिनर्जी’ सम्पन्न Read Previous

सीएनआइवाइईएफको पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन ‘सिनर्जी’ सम्पन्न

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत