सहकारी ठगीमा लेखा समिति सभापतिकी श्रीमतीसहित २६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । सहकारी संस्थाको रकम ठगी प्रकरणमा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमतीअञ्जला कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर भएको छ ।

बिहीबार सरकारी वकिलको कार्यालय, मोरङले धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारीको रकम ठगी आरोपमा २५ जना विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको हो ।

२६ जनालाई नै सहकारी ऐन २०७४ को दफा १२२ अनुसार प्रतिवादी बनाएर मुद्दा दायर गरेको जनाइएको छ । सहकारीका वर्तमान अध्यक्ष शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सञ्चालक समिति सदस्य आमोद मण्डल, रोशन राजवंशी, जितमान ठाकुर, लेखा समितिका संयोजक विजयकुमार यादव, सदस्यहरु सुरेन्द्रकुमार राजवंशी, अशोककुमार विश्वास लगायत २६ जनालाई प्रतिवादी बनाइएको छ ।

२६ जनामध्ये सहकारीका सञ्चालक रोशन राजवंशी पक्राउ परेका छन् । अन्य २५ जना अझै फरार छन् । लेखा समिति सभापति पोखरेलकी पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् । सहकारी संकटमा देखिएपछि उनले २०७८ माघ ५ गते संचालकबाट राजीनामा दिएकी थिइन् ।

उक्त सहकारीले बचतकर्ताको २२ करोड रुपैयाँ बढी ठगी गरेको भन्दै उजुरी परेको थियो । उक्त सहकारीको कार्यालय डेढ वर्षदेखि बन्द छ ।

एलन मस्क बने ४०० अर्ब डलर सम्पत्ति हुने इतिहासकै पहिलो व्यक्ति Read Previous

एलन मस्क बने ४०० अर्ब डलर सम्पत्ति हुने इतिहासकै पहिलो व्यक्ति

हेलिकप्टर कम्पनीले खुम्बु क्षेत्रमा उडान नरोक्ने Read Next

हेलिकप्टर कम्पनीले खुम्बु क्षेत्रमा उडान नरोक्ने