बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव दाहाललाई

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई अध्यक्षका रूपमा कामकाज गर्न खटाएको छ ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा परेका छन् ।

बीमा क्षेत्रको नियामक निकाय प्राधिकरणको अध्यक्ष नै निलम्बनमा परेपछि अर्थमन्त्रालयले सहसचिव दाहाललाई अर्को व्यवस्था नहुँदासम्म कामकाज गर्ने गरी खटाएको हो ।

बीमा ऐन, २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दहाल बीमा प्राधिकरणको अध्यक्षका रूपमा कामकाज गर्नेगरी तोकिएको अर्थ मन्त्रालयले जनाएको छ ।

डलरको मूल्यले बनायो नयाँ रेकर्ड, नेपाली मुद्रा झन्झन् कमजोर बन्दै Read Previous

डलरको मूल्यले बनायो नयाँ रेकर्ड, नेपाली मुद्रा झन्झन् कमजोर बन्दै

३० हजार डलरसहित एक जना पक्राउ Read Next

३० हजार डलरसहित एक जना पक्राउ