३० हजार डलरसहित एक जना पक्राउ

बनियानी । झापाको कमल गाउँपालिका–३ बाट अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल–३ स्थित केर्खाबाट गौरादह नगरपालिका–५ का २५ वर्षीय मोहम्मद नौसाद मियाँलाई डलरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

त्यहाँस्थित पूर्वपश्चिम लोकमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश१–०२–००१ख ९५३० नम्बरको यात्रुबाहक बसमा सवार मियाँले बोकेको झोला जाँच गर्दा स्रोत नखुलेको डलर एक सय दरका दुई सय ९७ थान फेलापरेको उनले बताए ।

आजको नेपाली दररेटअनुसार उक्त डलरको नेपाली ४० लाख ३३ हजार ८५४ रुपैयाँ रहेको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव दाहाललाई Read Previous

बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव दाहाललाई

काठमाडौंको उत्तरी क्षेत्रमा एकैपटक २० विद्युतीय माइक्रोबस सञ्चालनमा आए Read Next

काठमाडौंको उत्तरी क्षेत्रमा एकैपटक २० विद्युतीय माइक्रोबस सञ्चालनमा आए