लुम्बिनी लायन्स एनपीएलको ‘प्ले अफ’ हाेडबाट बाहिरियो

काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ होडबाट बाहिरिएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित हुँदै लुम्बिनी एक खेल अगावै प्ले अफ होडबाट बाहिरिने पक्का भएको हो ।

लुम्बिनीले लिग चरणमा हालसम्म खेलका ६ मध्य ५ खेलमा हार व्यहोरेको छ । एक खेलमा मात्र जित हात पारेको छ । अंकतालिकामा २ अंकसहित छैटौं स्थानमा छ । लुम्बिनीले अब १ खेल मात्र खेल्न बाँकी छ ।

लुम्बिनीलाई हराएसँगै काठमान्डुले भने प्ले अफको सम्भावना कायमै राखेको छ । ४ खेलमा ४ अंकसहित काठमाडौं अंकतालिकाको पाँचौं स्थानमा उक्लेको छ । काठमान्डुले २ खेलमा जित र २ खेलमा हार व्यहोरेको छ भने अझै ३ खेल खेल्न बाँकी छ ।

काठमान्डुले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा ८५ रनमा अलआउट भयो । लुम्बिनीका लागि सन्दिप जोराले २९ बल खेल्दै सर्वाधिक २६ रन बनाए । त्यस्तै उन्मुक्त चन्दले १४ र सूर्य तामाङले ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कााठमान्डुलाई जिताउन कप्तान करण केसीले १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । त्यस्तै, दिपेश कँडेलले ३, जेरार्ड एरासमसले २ र रासिद खानले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा १०३ रन बनाएको थियो । काठमान्डुका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए ।

बलिङतर्फ लुम्बिनीकासाद विन जफरले ३, रामोन सिमोण्ड्स र अभिशेष गौतमले २/२ विकेट लिए । सूर्य तामाङ र विवेक यादवले समान १/१ विकेट लिए ।

नेप्सेमा थप ३ कम्पनीको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा थप ३ कम्पनीको बोनस सेयर सूचीकृत

दुई परियोजनाका लागि एडीबीबाट सवा २१ अर्ब ऋण लिने सम्झौता Read Next

दुई परियोजनाका लागि एडीबीबाट सवा २१ अर्ब ऋण लिने सम्झौता