नेप्सेमा थप ३ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा बुधबार अरुण भ्याली हाइड्रोपावर, स्वाबलम्बन लघुवित्त र गुँरास लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा स्वाबलम्बन लघुवित्तको १४.२५ प्रतिशत (२० लाख ६६ हजार २५० कित्ता), गुराँस लघुवित्तको १४.२५ प्रतिशत (१ लाख ४४ हजार ४९५ कित्ता) र अरुण भ्यालीको ३ प्रतिशत (११ लाख २० हजार ७७८ कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।

तीनै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

सिमेन्टको मूल्य घटाउने सहमति, अब कतिमा पाइन्छ ? Read Previous

सिमेन्टको मूल्य घटाउने सहमति, अब कतिमा पाइन्छ ?

लुम्बिनी लायन्स एनपीएलको 'प्ले अफ' हाेडबाट बाहिरियो Read Next

लुम्बिनी लायन्स एनपीएलको 'प्ले अफ' हाेडबाट बाहिरियो