कजारिया टायल्सको एकता सम्मेलन सम्पन्न

काठमाडौं । नेपालको सबैभन्दा ठूलो कजारिया टायल्सले ‘एकता सम्मेलन (मेसन मिट) २०२४’ सम्पन्न गरेको छ ।

१५० जना भन्दा बढी राजमिस्त्रीहरु सहभागी रहेको उक्त मिटमा भारतबाट समेत प्रशिक्षक ल्याई नेपाली प्राविधिकहरूसंग उच्च गुणस्तर र नयाँ प्रविधिको बारेमा गहन छलफल गराइएको थियो।

मेसन मिटको उद्देश्य राजमिस्त्रीहरूलाई निर्माण अभ्यासको ज्ञान दिने र ब्रान्ड चेतनाको बारेमा छलफल गर्ने रहेको थियो । सो मिटमा कजारिया ब्राण्डको गुणस्तर, नयाँ प्रविधि र मूल्यको समेत जानकारी दिइएको थियो ।

कम्पनीले आफ्ना ग्राहक तथा उपभोक्ता, डिलर तथा निर्माण विज्ञलाई प्राथमिकतामा राखेको बताउँदै स्थानीयस्तरमा घर तथा आवासहरुको निर्माणमा योगदान गरिरहेका निर्माण राजमिस्त्रीसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखी यो कार्यक्रमको आयोजना गरेको हो ।

अर्थतन्त्रलाई मजबुत बनाउनको लागि राजमिस्त्रीको उल्लेखनिय भूमिका रहेकोले सुरक्षित आवास निर्माण सम्बन्धमा तालिम तथा अन्तरक्रिया कार्य प्रति यस काजरिया रमेश टायल्स सधै नै सजक रहेको छ। काठमाडौँबाट सुरु भएको यो मैसन मिट छिट्टै नै नेपाल अधिराज्यभरका कम्तिमा पनि १६ ठाउँहरुमा समेत गरिँदै छ।

काजरिया रमेश टायल्स नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक समूह रमेश कर्प र भारतको कजारिया सिरामिक्स लिमिटेडको संयुक्त लगानीमा २ वर्ष अगाडी नवलपरासीमा खुलिएको कम्पनी हो। कजारिया रमेश टायल्स नेपालको एक मात्र ठूलो सिरामिक र भिट्रिफाइड टाइल निर्माता कम्पनी हो।

सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानीलाई थप प्रभावकारी बनाउन कार्यदल गठन Read Previous

सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानीलाई थप प्रभावकारी बनाउन कार्यदल गठन

एफएनसीसीआइको विधान संशोधन : अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चुनिने, कार्यकाल २ वर्ष Read Next

एफएनसीसीआइको विधान संशोधन : अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चुनिने, कार्यकाल २ वर्ष