काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।
सूर्यदर्शन सहकारीका साधारण सदस्य समेत रहेका कृष्ण गुरुङलाई प्रहरीले बिहीबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
उनी कतार जान लागेको अवस्थामा पक्राउ परेका हुन् । उनी माथि सूर्यदर्शन सहकारीको बचत अपचलनको आरोप छ । उनलाई पक्राउ गर्न यसअघि नै पक्राउ पूर्जी जारी भइसकेको थियो ।