पौने ३ करोडमा चन्द्रपुरमा ‘चार्जिङ स्टेशन’ निर्माण, एकैपटक १५ सवारी चार्ज गर्न मिल्ने

सांकेतिक तस्वीर

चन्द्रपुर । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा रु दुई करोड ७२ लाख लागतमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण भएको छ ।

स्टेशनको नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बिहीबार संयुक्त रूपमा उद्घाटन गरे ।

स्टेशनमा एकपटकमा चारवटा चारपाङ्ग्रे, तीन पाङ्ग्रे ११ वटा गरी १५ वटा सवारी साधन चार्ज गर्न सकिने छ । स्टेशनमा प्रतीक्षालय, बालबालिकाका लागि खेल्ने स्थान, शौचालयलगायत पूर्वाधारको व्यवस्था पनि गरिएको छ ।

एनएमबी बैंकले पायो 'लैंगिक समावेशी कार्यस्थल अवार्ड' Read Previous

एनएमबी बैंकले पायो 'लैंगिक समावेशी कार्यस्थल अवार्ड'

वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार, विदेशीसहित ११ दोषी ठहर Read Next

वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार, विदेशीसहित ११ दोषी ठहर