काठमाडौं । एनएमबी बैंकले लैंगिक समावेशी कार्यस्थल अवार्ड पाएको छ । बैंकले लैंगिक समानता र सामाजिक समावेशीकरण कार्यस्थल प्रबद्र्धनमा भूािमा खेलेको भन्दै यूएन वुमनले उक्त अवार्ड दिएको हो ।
एनएमबीले एसिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरू मध्येबाट यो विशेष अवार्ड हात पारेको हो ।
यूएन वुमन र यूएन ग्लोबल कम्प्याक्टले कार्यस्थल र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैंगिक समानता प्रबद्र्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ ।
एनएमबी बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नका लागि बैंकको तर्फबाट सक्दो प्रयास गर्दै आएकोमा यो अवार्ड प्राप्त भएको जनाएको छ ।
यस अवार्डले एनएमबी बैंकलाई विश्व बजारमा डब्लूईपीएस अन्तर्गतको यूएन वुमनद्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको बैंकले जनाएको छ ।
एनएमबी बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।