काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । बुधबार २५ अंकले घटेको नेप्से आज पनि दोहोरो अंकले घटेको हो ।
बिहीबार नेप्से परिसूचक १५.९३ अंकले घटेर २७३४.९३ बिन्दुमा आइपुगेको छ । यस दिन ३०७ कम्पनीको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता सेयर किनबेच भएको छ ।
सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७७ करोड रुपैयाँले घटेर ८ अर्ब ३७ करोड रुपैयाँमा सीमित भएको छ ।
कारोबारमा आएका १३ वटा समूह मध्ये जीवन बीमा र व्यापार बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक ३.६७ प्रतिशतले बढेको छ भने होटल समूह ३.६३ प्रतिशतले घटेको छ ।
आज नेपाल फाइनान्सको सर्वाधिक ४२ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये ४० कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको मूल्य घटेको छ ।
आज खानीखोला हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ९.९८ प्रतिशत कमाएका छन् भने आज सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीले ८.३७ प्रतिशत गुमाएका छन् । त्यसैगरी, नेपाल फाइनान्सको ७.१५ प्रतिशत, गुराँस लघुवित्त र तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य ६ प्रतिशतले घटेको छ ।