त्रिभुवन विमानस्थल आधा घण्टाका लागि बन्द, यस्तो छ कारण

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द गरिएको छ ।

चीन भ्रमणबाट प्रधानमन्त्री केपी शर्मा ओली फर्कने भएकाले आधा घण्टाका लागि विमानस्थल बन्द गरिएको हो । प्रधानमन्त्री ओली दिउँसो २:३० बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्री चढेको विमान अवतरण हुनुअघि २५ मिनेट र अवतरण भएपछि ५ मिनेट गरी आधा घण्टा विमानस्थलमा अन्य उडान–अवतरण रोकिएको हो ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चारदिने चीन भ्रमणमा गएका थिए ।

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न Read Previous

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Next

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी