काठमाडौं । अंगेजी नयाँ वर्ष २०२० को अवसरमा भायानेटले आफ्ना ग्राहकरुका लागि “ट्रिपल ट्वान्टी अफर” ल्याएको छ ।
भायानेटले नयाँ इन्ट्री-लेबलको प्लान अन्तर्गत सीमित अवधिका लागि वार्षिक ११ हजार ४ सय रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट सेवा प्रदान गर्ने बताएको छ ।
जसमा २५० भन्दाबढी च्यानलहरु भएको नेट टिभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा १ हजार छुट पाउने कम्पनीले जनाएको छ ।
यो अफर ३० डिसेम्बर २०१९ देखि १४ जनवरी २०२० सम्म लागू हुनेछ ।