छिमेक लघुवित्तको लाभांश घोषणा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको मंसिर १९ गते बसेको बैठकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

बीपी राजमार्गको ३० किमी खण्ड पुनःनिर्माण गरिँदै, दुई लेनको बनाइने Read Previous

बीपी राजमार्गको ३० किमी खण्ड पुनःनिर्माण गरिँदै, दुई लेनको बनाइने

तारागाउँ रिजेन्सी होटलको नगद लाभांश घोषणा Read Next

तारागाउँ रिजेन्सी होटलको नगद लाभांश घोषणा