काठमाडौं । तारागाउँ रिजेन्सी होटलले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
होटल संचालक समितिको मंसिर १९ गते बसेको बैठकले सेयरधनीलाई करसहित ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश पारित गर्न कम्पनीले पुस २५ गते वार्षिक साधरण सभा बोलाएको छ । प्रस्तावित लाभांश उक्त सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।