हवाई भाडा बढ्यो, कहाँको कति ? (सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाई भाडा महँगिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भोलि (मंसिर १९ गते) देखि लागू हुने गरी इन्धन शुल्क (फ्युल सरचार्ज) बढाइ हवाई भाडा समायोजन गरेको हो ।

निगमले शनिबार हवाई इन्धनको प्रतिलिटर २ रुपैयाँ बढाएको थियो । प्राधिकरणका अनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै ११० रुपैयाँ भाडा बढेको छ ।

काठमाडौंबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट)को भाडा ६५ रुपैयाँ बढेको छ । काठमाडौँ–सिमरा रुटमा सबैभन्दा कम १५ रुपैयाँले वृद्धि भएको छ ।

त्यस्तै काठमाडौं-विराटनगर ५० रुपैयाँ, काठमाडौं-पोखरा ३० रुपैयाँ, काठमाडौं–भैरहवा ४० रुपैयाँ, नेपालगन्ज ६० रुपैयाँ र सुर्खेत ६५ रुपैयाँले भाडा बढेको क्यानले जनाएको छ ।

 

४३ मेगावाटको अपर मादी हाइड्रोपावरमा ६ बैंकको लगानी गर्ने, कुनले कति ? Read Previous

४३ मेगावाटको अपर मादी हाइड्रोपावरमा ६ बैंकको लगानी गर्ने, कुनले कति ?

गार्डियन माइक्रो लाइफको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Next

गार्डियन माइक्रो लाइफको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?