गार्डियन माइक्रो लाइफको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । त्यस्तै, कम्पनीका कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता सेयर छुट्याइएको छ ।

कम्पनीको आइपीओमा लगानीकर्ताले पुस ३ गतेसम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशकि रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आमसर्वसाधणका लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर जारी गर्नेछ ।

हवाई भाडा बढ्यो, कहाँको कति ? (सूचीसहित) Read Previous

हवाई भाडा बढ्यो, कहाँको कति ? (सूचीसहित)

चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने Read Next

चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने