कतार एयरवेजले रोक्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान

काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गर्दै आएको नियमित उडान रोकेको छ ।

गत कात्तिक २७ गतेदेखि दोहा-भैरहवा-काठमाडौं-दाेहा रुटमा दैनिक उडान गर्दै आएको कतारले मंसिर १६ गतेदेखि भैरहवामा उडान रोकेको हो ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार कतार एयरवेजले गौतमबुद्ध विमानस्थलमा मंसिर १५ गतेसम्म उडान भर्न अनुमति लिएको थियो । त्यसपछि कतार एयरवेजले समय नथप्दा उडान स्थगित भएको हो ।

कात्तिक २७ गतेदेखि मंसिर १५ गतेसम्म  १९ दिनमा कतार एयरवेजले भैरहवामा ३८ वटा उडान तथा अवतरण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

भैरहवामा उडान रोके पनि कतारले हाल काठमाडौंको त्रिभुवन विमानस्थलमा भने दैनिक उडान गरिरहेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाइ दुबई र थाइ एयर एसियाले नियमित उडान गर्दै आएका छन्।

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने Read Next

कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने