काठमाडौं । रमेश कर्प र भारतको कजारिया सिरामिक्स लिमिटेडको संयुक्त लगानीमा नवलपरासीमा अत्याधुनिक उद्योगबाट उत्पादन हुन थालेपछि कजारिया ब्राण्डको टायल्सको मूल्य सस्तिएको छ ।
कजारिया टायल्स अहिले नेपालमै उत्पादन हुन थालेपछि भारतबाट आयात गर्दाको तुलनामा मूल्य २० देखि २५ प्रतिशतसम्म सस्तिएको कम्पनीले जनाएको हो ।
कजारिया रमेश टायल्स लिमिटेडले २०७९ सालदेखि नवलपरासीमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक उद्योग स्थापना गरेर उत्पादन सुरु गरेको थियो ।
हाल कजारिया ब्राण्डका ६००x६०० एमएम, ६००x१२०० एमएम साइजमा ग्लेज भिट्रिफाइड टायल्स र ४००x४०० एमएमका हेभी ड्यूटी भिट्रीफाइड टायल्स बजारमा बिक्री वितरण भइरहेको छन् ।
निकट भविष्यमै ३००x६०० एमएम र ३००x४५० एमएम सिरामिक्स टायल्स पनि छिट्टै नेपाली बजारमा ल्याइने कम्पनीले जनाएको छ ।
अहिले देशभर १०० भन्दा बढी डिष्ट्रीब्यूटर र डिलरबाट कजारिया टायल्स बिक्री वितरण गरिरहेको छ । निकट भविष्यमा आफ्नो बजारलाई आक्रामक रुपमा विस्तारको रणनीति बनाएको छ । कजारिया टाइल्स नेपालमै उत्पादन भएपछि पनि यसको उच्च गुणस्तर कायमै रहेको छ ।
कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवालले नेपाली बजारबाट पाएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित हुँदै भने, ‘हामी कजारिया टायल्सलाई नेपालमा प्रस्तुत गर्दा धेरै उत्साहित छौं । नेपाली बजारले हाम्रो उत्पादसँग असाधारण माया र समर्थन दिएको छ । कजारिया टायल्सको माग दिन प्रतिदिन बढिरहेको छ र हामी हाम्रा ग्राहकको आवश्यकता अनुसार उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन प्रतिबद्ध छौं । नेपालमा हाम्रा उत्पादनको बढ्दो मागले हामी विस्वस्थ छौं नेपाली बजारमा कजारिया टायल्सको भविष्य उज्जवल छ ।’
उनले कजारिया टायल्सको उत्पादन प्रक्रिया अत्याधुनिक प्रविधिको प्रयोगबाट अत्यन्त गुणस्तरीय र दीर्घकालीन टिकाउपनका लागि डिजाइन गरिएको बताए । नेपाली ग्राहकलाई उत्कृष्ट, किफायती र टिकाउ टायल्स प्रदान गर्नु आफ्नो उद्देश्य रहेको उनको भनाइ छ ।
कजारिया टायल्सको मुख्य विशेषता भनेको यसको उत्कृष्ट गुणस्तर र डिजाइन हो । कजारिया टायल्सको निर्माण प्रक्रिया अत्याधुनिक प्रविधिबाट गरिएको छ । जसले उच्च गुणस्तरीय र टिकाउ टायल्स उत्पादन गर्नमा मद्दत पुर्याएको छ । यसले आधुनिक र पारम्परिक दुवै शैलीका निर्माणमा उपयुक्त समाधान प्रदान गर्दछ ।
कजारिया टायल्स नेपाली बजारमा विभिन्न डिजाइन, रंग र आकारमा उपलब्ध रहेकाले निर्माण क्षेत्रको गुणस्तरमा सुधार ल्याउने कम्पनीको विश्वास रहेको छ ।