नेपाल र चीन बीच टोखा-छहरे सुरुङमार्ग निर्माणसहित ८ समझदारीमा हस्ताक्षर

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न  आठ विषयमा सहयोग र सहकार्य सम्बन्धी सहमति  भएको छ ।

दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाल र चीनबीच टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् ।

त्यसैगरी, नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौंको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्रको आदानप्रदानका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार विकास आयोजनासम्बन्धी सम्झौता, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइ आदानप्रदान भएको छ भने स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधि सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रवक्ता ढकालले भने, ‘सम्पर्क सञ्जाल विस्तार, औद्योगिक तथा पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रमा सहकार्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकूद, प्राकृतिक प्रकोप व्यवस्थापन, दुई देशबीचको जनस्तरको सम्बन्ध, गरिबी निवारणलगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा मङ्गलबार ग्रेट हल अफ पिपलमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा दुई देशका अधिकारीद्वारा हस्ताक्षर गर्दै । तस्वीर : प्रधानमन्त्रीको सचिवालय
१५ अर्ब खर्चेर रातभरी यसरी हुँदैछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम Read Previous

१५ अर्ब खर्चेर रातभरी यसरी हुँदैछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम

नेपालमै उत्पादन हुन थालेपछि सस्तियो कजारिया टायल्स, १०० बढी डिलरबाट बिक्री हुँदै Read Next

नेपालमै उत्पादन हुन थालेपछि सस्तियो कजारिया टायल्स, १०० बढी डिलरबाट बिक्री हुँदै