आइएमईका सेवाग्राहीलाई मौलाकाली र लुम्बिनी केबलकारमा २० प्रतिशत छुट

काठमाडौं । आइएमइले विदेशबाट पठाएको रकम प्राप्त गर्ने सेवाग्राहीलाई केबलकारको यात्रामा विशेष छुट दिने भएको छ । आइएमई मार्फत कारोबार गरेका सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने भएक हुन् ।

आइएमई मार्फत रकम भुक्तानी प्राप्त गरेको रसिद वा आइएमई पे मार्फत रकम प्राप्त गरेको डिजिटल रिसिप्ट देखाएर सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबलकारको छुट प्राप्त गर्न सक्ने छन् । रकम प्राप्त गरेको ३ महिनासम्म सो रसिद देखाएर छुट लिन सकिने छ ।

मौलाकाली केबलकारका सञ्चालक रुद्रराज पौडेलले विदेशमा बसेकाहररुले आफ्नो परिवार तथा प्रियजनहररुलाई मौलाकाली, कामाख्या देवी लगायतका देवस्थलको दर्शन तथा घुमफिरमा समेत प्रोत्साहित गरुन् भन्ने उद्देश्यले छुटको व्यवस्था मिलाइएको बताए । परिवार तथा प्रियजनको खुसीले मेहनत गर्न तथा बढी रकम पठाउन समेत विदेशमा रहेकाहरूलाई प्रोत्साहित गर्ने पनि पौडेलले उल्लेख गरे ।

नवलपुरको गैडाकोट स्थित मौलाकाली केबलकार र रुपन्देहीको बुटवल र पाल्पाको वसन्तपुर डाँडा जोड्ने गरी सञ्चालनमा रहेको लुम्बिनी केबलकारले मन्दिर दर्शन र अन्य घुमफिर गर्ने सहज व्यवस्था मिलाउँदै आएका छन् ।

नेशनल लघुवित्त र ङादी ग्रुपको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Previous

नेशनल लघुवित्त र ङादी ग्रुपको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

जीवन बीमा कम्पनीले ४ महिनामै गरे ५३ अर्बको व्यापार, कुनले कति ? Read Next

जीवन बीमा कम्पनीले ४ महिनामै गरे ५३ अर्बको व्यापार, कुनले कति ?