नेशनल लघुवित्त र ङादी ग्रुपको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले नेशनल लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावरको सेयर मूल्य समायोजन गरेको हो ।

नेशनल लघुवित्तले गत वर्षको नाफाबाट वितरण गर्ने १४.२५ प्रतिशत बोनसका आधारमा मूल्य समायोजन भएको हो । लघुवित्तको नयाँ सेयर मूल्य १३५५.८० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, नेप्सेले ङादी ग्रुपले जारी गर्ने १०० प्रतिशत हकप्रदका आधारमा सेयर मूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार समायोजनपछि ङादीको नयाँ सेयर मूल्य २८९ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा मंगलबार दोस्रो बजारमा दुवै कम्पनीको सेयर कारोबार खुल्ने छ।

एक सातामै साढे ८ हजारले चढे धरहरा, १५ लाख राजस्व संकलन Read Previous

एक सातामै साढे ८ हजारले चढे धरहरा, १५ लाख राजस्व संकलन

आइएमईका सेवाग्राहीलाई मौलाकाली र लुम्बिनी केबलकारमा २० प्रतिशत छुट Read Next

आइएमईका सेवाग्राहीलाई मौलाकाली र लुम्बिनी केबलकारमा २० प्रतिशत छुट