डलरको विकल्प खोजे ‘ब्रिक्स’ देशलाई १००% कर लगाउने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स देशहरूले अमेरिकी डलरको विकल्प नयाँ मुद्रा प्रचलनमा ल्याए ती देशलाई १०० प्रतिशत कर लगाउने चेतावनी दिएका छन् ।

उनले सामाजिक संजाल एक्समार्फत ब्रिक्स देशहरूमा उत्पादित वस्तुमा शतप्रतिशत कर लगाउने धम्की दिएका हुन् ।

‘डलरबाट टाढिने ब्रिक्स देशहरूको प्रयास अमेरिकाले मूकदर्शक बनेर हेरिरहन्छ, अब यस्तो हुन सक्दैन,’ ट्रम्पले शनिबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘ब्रिक्स देशहरूले डलरको विकल्प खोज्नुपर्ने प्रयासलाई हामी मूकदर्शक भएर हेर्न सक्दैनौं । यस्तो गरेमा तिनले शतप्रतिशत कर (ट्यारिफ) को सामना गर्नुपर्नेछ।’

ब्रिक्स देशहरूले आफ्नो छुट्टै मुद्रा प्रयोगमा ल्याउने बारे छलफल गरिरहेका छन् । यद्यपि हालसम्म यसबारे कुनै ठोस निर्णय भएको छैन । ब्रिक्समा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका छन् ।

ट्रम्पले ब्रिक्स राष्ट्रहरूले अमेरिकी डलरलाई चुनौती दिन खोजे अमेरिकी बजारमा ती देशहरूको सामान बेच्ने अवसरमा बन्देज लगाउनुपर्ने बताएका छन् । ‘ब्रिक्स देशहरूको मुद्राले अन्तर्राष्ट्रिय व्यापारमा डलरको स्थान लिन सम्भव छैन, यदि कोही देश यस्तो प्रयास गर्छ भने, उसले अमेरिका छोड्न तयार हुनुपर्छ,’ उनले भनेका छन् ।

ट्रम्पले यसअघि आफ्नो चुनावी अभियानमा अमेरिकी बजारमा चिनियाँ उत्पादनहरूमा ६० प्रतिशतसम्म भारी कर लगाउने वाचा गरेका थिए।

११ महिनामा भित्रिए साढे १० लाख पर्यटक, नोभेम्बरमा मात्रै १.१४ लाख Read Previous

११ महिनामा भित्रिए साढे १० लाख पर्यटक, नोभेम्बरमा मात्रै १.१४ लाख

चार देशका नवनियुक्त राजदूतहरूले लिए पद तथा गोपनीयताको शपथ Read Next

चार देशका नवनियुक्त राजदूतहरूले लिए पद तथा गोपनीयताको शपथ