११ महिनामा भित्रिए साढे १० लाख पर्यटक, नोभेम्बरमा मात्रै १.१४ लाख

काठमाडौं । सन् २०२४ को नोभेम्बर महिनामा नेपालमा १ लाख १४ हजार जनाभन्दा धेरै विदेशी पर्यटक भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा १ लाख १४ हजार ५०१ जना पर्यटक भित्रिएका हुन् । यो सन् २०२३ को नोभेम्बरको तुलनामा ५.४ प्रतिशत धेरै हो । गत वर्ष नोभेम्बरमा १ लाख ८ हजार ६३० जना पर्यटक नेपाल आएका थिए ।

नोभेम्बरमा समग्रमा दक्षिण एशियाबाट ३१ हजार १६७ जना पर्यटक आएका छन् । जसमा भारतबाट सबैभन्दा धेरै १९ हजार ९१५ जना पर्यटक आएका छन् । त्यस्तै, चीनबाट ९ हजार ४ ५८ जना आएको बोर्डले जनाएको छ ।

त्यस्तै, अमेरिकाबाट १० हजार ९८१, चीनबाट ९ हजार ४५८, बेलायतबाट ६ हजार ६११, जर्मनीबाट ३ हजार ९२६, फ्रान्सबाट ३ हजार ८४१ जना पर्यटक नेपाल आएका छन् ।

सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार ५३३ जना पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार यस वर्ष जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६, जुलाइमा ६४ हजार ५९९, अगष्टमा ७२ हजार ७१९ र सेम्टेम्बरमा ९६ हजार ३०५, अक्टोबरमा १ लाख २४ हजार ३९३ विदेशी नेपाल भित्रिएका हुन् ।

 

सहकारी पीडितका समस्या समाधान गर्न कानुन संशोधन गरिँदै, प्रक्रिया सुरू Read Previous

सहकारी पीडितका समस्या समाधान गर्न कानुन संशोधन गरिँदै, प्रक्रिया सुरू

डलरको विकल्प खोजे 'ब्रिक्स' देशलाई १००% कर लगाउने ट्रम्पको चेतावनी Read Next

डलरको विकल्प खोजे 'ब्रिक्स' देशलाई १००% कर लगाउने ट्रम्पको चेतावनी