चार देशका नवनियुक्त राजदूतहरूले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा विभिन्न मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, सङ्घीय गणतन्त्र जर्मनीका लागि डा. शैल रूपाखेती, साउदी अरेबिया अधिराज्यका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादवले सपथ लिएका हुन् ।

उक्त अवसरमा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

डलरको विकल्प खोजे 'ब्रिक्स' देशलाई १००% कर लगाउने ट्रम्पको चेतावनी Read Previous

डलरको विकल्प खोजे 'ब्रिक्स' देशलाई १००% कर लगाउने ट्रम्पको चेतावनी

भिभो बन्यो नेपाल प्रिमियम लिगको आधिकारिक स्मार्टफोन साझेदार Read Next

भिभो बन्यो नेपाल प्रिमियम लिगको आधिकारिक स्मार्टफोन साझेदार