काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको वित्तीय संस्था नव किरण लघुवित्त वित्तीय संस्थालाई कारोबार संचालन गर्न स्वीकृति प्रदान गरेको छ ।
राष्ट्रिय स्तरको कर्यक्षेत्र भएको लघुवित्तले आगामी माघदेखि आफ्नो कारोबार संचालन गर्ने जनाएको छ । संस्थाको जारी पूँजी १० करोड रुपैयाँ रहेको छ ।
लघुवित्तले स्थानीय निकायसँग समन्वयगरी ग्रामीण भेगमा रोजगारी सृजना गर्न, क्षमता वृद्धि गर्न, ईको –टुरिजमको विकास गर्न, स्थानीय शंसाधन उच्चतम प्रयोग गर्न एवं समग्र अर्थिक समृद्धिको सम्बाहकको रुपमा काम गर्ने बताएको छ ।