गरिमा विकास बैंकको शाखा सिमरामा

काठमाडौं । गरिमा विकास बैंकले बाराको जितपुर सिमरा उप–महानगरपालिका वडा नं.–२, सिमरा शाखा कार्यालय औपचारिक रुपमा संचालनमा ल्याएको छ ।

 

सोमबारदेखि संचालनमा आएको उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक बीरगञ्जका निर्देशक राजन विक्रम थापाले गरे ।

 

उक्त कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक भुपेन्द्र बहादुर खड्काले बारा जिल्लाको औधोगिक नगरी सिमरामा खोलेको विकास बैंकको सिमरा शाखाले त्यस क्षेत्रको औधोगिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको बताए ।

 

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले सम्पूर्ण आधुनिक सुविधा सहित स्थापना गरिएको सिमरा शाखाबाट विकास बैंकले ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रवाह गर्ने बताए । साथै, उनले विकास बैंकले सदैव संस्थागत सुशासनलाई उच्च महत्व दिदैं अगाडि बढेको कारणबाट नैं देशको उत्कृष्ट विकास बैंकको रुपमा स्थापित हुन सफल भएको बताए ।

 

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

भ्रमण वर्षमा पर्यटकलाई ३० प्रतिशत छुट दिइने Read Previous

भ्रमण वर्षमा पर्यटकलाई ३० प्रतिशत छुट दिइने

नव किरण लघुवित्तलाई सञ्चालन स्वीकृति, माघदेखि कारोबार गर्ने Read Next

नव किरण लघुवित्तलाई सञ्चालन स्वीकृति, माघदेखि कारोबार गर्ने