काठमाडौं । नेपाल सेरामिक इण्डस्ट्री (नेपोभिट टाइल्स) नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टीम जनकपुर बोल्ट्सको डेकोर पार्टनर बनेको छ ।
सम्झौतापत्रमा जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठ र नेपोभिट टाइल्सका अध्यक्ष शम्भुनाथ झाले हस्ताक्षर गरे ।
नेपाल सेरामिक इण्डस्ट्रीले विगत ३ वर्षदेखि गुणस्तर र लोकप्रिय नेपोभिट टाइल्स उत्पादन गर्दै आएको छ ।
जनकपुर बोल्टस्का निर्देशक श्रेष्ठले नेपोभिट टाइलस्लाई डेकोर पार्टनरको रूपमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे ।