उखुको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल २० रुपैयाँ बढ्यो

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि उखुको समर्थन मूल्य तोकेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५८५ रुपैयाँ ताकेको हो ।

गत वर्षको तुलनामा यस वर्ष समर्थन मूल्य २० रुपैयाँ बढेको छ । गत आवमा उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ तोकिएको थियो ।

सरकारले यस वर्ष उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । गत वर्ष प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।

बूढीगण्डकीसहित ३ जलविद्युत् परियोजनाको १ खर्ब ४१ अर्ब लगानी स्वीकृत Read Previous

बूढीगण्डकीसहित ३ जलविद्युत् परियोजनाको १ खर्ब ४१ अर्ब लगानी स्वीकृत

निर्जीवन बीमा व्यवसाय १३% बढ्यो, ६ वटाले गरे अर्ब बढीको व्यापार, कुनले कति ? Read Next

निर्जीवन बीमा व्यवसाय १३% बढ्यो, ६ वटाले गरे अर्ब बढीको व्यापार, कुनले कति ?