पदभार सम्हालेकै दिन चीन, मेक्सिको र क्यानडालाई थप कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेकै दिन चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले २०२५ जनवरी २० तारिखमा पदभार ग्रहण गरेपछि मेक्सिको र क्यानडाबाट आउने सबै सामानमा २५ प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताएका हुन् ।

त्यस्तै, चीनबाट आयात हुने वस्तुमा १० प्रतिशत अतिरिक्त शुल्क लगाइने पनि उनले घोषणा गरेका छन् ।

लागूऔषध, अवैध रूपमा सीमा पार गर्ने आप्रवासीहरूलाई नरोकेसम्म मेक्सिको र क्यानडा माथि लगाइएको कर नहट्ने पनि उनले बताए । ‘यो उनीहरूको लागि धेरै ठूलो मूल्य तिर्ने समय हो,’ ट्रम्पले भनेका छन् ।

चिनियाँ अधिकारीहरूले फेन्टानिलको कारोबार गर्दा पक्राउ परेका मानिसहरूलाई मृत्युदण्ड दिने प्रतिज्ञा पूरा गर्न असफल भएको भन्दै ट्रम्प चीनसँग पनि आक्रोसित भएका छन् ।

आफ्नो चुनावी अभियानको क्रममा ट्रम्पले चीनमा निर्मित सबै उत्पादनहरूमा ६० प्रतिशतभन्दा धेरै शुल्क लगाउने बताएका थिए ।

नेप्से परिसूचक २७०० अंक माथि उक्लियो, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

नेप्से परिसूचक २७०० अंक माथि उक्लियो, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

नेप्सेमा दुई कम्पनीको ४ करोड कित्ता सेयर सूचीकृत Read Next

नेप्सेमा दुई कम्पनीको ४ करोड कित्ता सेयर सूचीकृत