काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको झण्डै ४ करोड कित्ता सेयर सूचीकृत भएको छ ।
नेप्सेमा मंगलबार समता घरेलु लघुवित्तको साधरण सेयर र विशाल बजार कम्पनीको प्रमोटर सेयर सूचीकृत भएको हो ।
नेप्सेमा समता घरेलुको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सूचीकृत भएको हो ।
त्यस्तै, विशाल बजार कम्पनीको सरकारको नाममा रहेको थप ३ करोड ९६ लाख ८ हजार ६०० कित्ता प्रमोटर सेयर सूचीकृत भएको हो ।