नेप्से परिसूचक २७०० अंक माथि उक्लियो, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । सोबार १६ अंकले बढेको नेप्से आज त्यसको दोब्बरभन्दा धेरै अंकले बढेको हो ।

मंगलबार नेप्से परिसूचक ३३.४१ अंकले बढेर २७१६.६६ बिन्दुमा पुगेको छ । ३१२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता सेयर किनबेच भएको छ ।

सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ११ करोड रुपैयाँले बढेर ७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक १.९७ प्रतिशतले बढेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक ४५ करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको ३३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये २११ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको मात्र मूल्य घटेको छ ।

बढ्दो बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड इदी मार्दी हाइड्रोपाव र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

थ्रीस्टार हाइड्रोपावरका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

क्रसर उद्योग नवीकरण गर्न सरकारसँग माग Read Previous

क्रसर उद्योग नवीकरण गर्न सरकारसँग माग

पदभार सम्हालेकै दिन चीन, मेक्सिको र क्यानडालाई थप कर लगाउने ट्रम्पको घोषणा Read Next

पदभार सम्हालेकै दिन चीन, मेक्सिको र क्यानडालाई थप कर लगाउने ट्रम्पको घोषणा