मंसिर १९ देखि आइपीओ बिक्री गर्दै गार्डियन माइक्रो लाइफ

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले मंसिर १९ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर जारी गर्ने भएको हो । त्यस्तै, कम्पनीका कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता सेयर छुट्याइएको छ ।

कम्पनीको आइपीओमा लगानीकर्ताले पुस ३ गतेसम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशकि रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आमसर्वसाधणका लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर जारी गर्नेछ ।

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, करोबार गर्न रोक Read Previous

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, करोबार गर्न रोक

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा Read Next

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा