ग्रेनाइट र मार्बलको भन्सार दर घट्यो, अन्तःशुल्क हटाइयो

काठमाडौं । सरकारले ग्रेनाइट र कच्चा मार्बलको पनि करका दर घटाएको छ । भन्सार विभागका अनुसार ढुंगाकै स्वरूपमा आउने मार्बल, एलवास्टर र ग्रेनाइटको भन्सार र अन्तःशुल्क दुवै घटाइएको हो ।

मार्बल तथा एलवास्टरमा यसअघि ३० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लाग्दै आएको थियो । अहिले सरकारले भन्सार दरलाई १० प्रतिशत र अन्तःशुल्क शून्य प्रतिशतमा झरेको छ ।

त्यसैगरी, ढिक्का वा पाताका रूपमा आयताकार काटिएका ग्रेनाइटमा भन्सार २० प्रतिशत र अन्तःशुल्क २५ प्रतिशत लगाइएकोमा त्यसलाई घटाएर भन्सार १० प्रतिशतमा झारिएको छ भने अन्तःशुल्क शून्य पारिएको छ ।

सरकारले सुन र चाँदीको पनि भन्सारदर घटाएको थियो ।

गार्डियन माइक्रो लाइफले पायो आइपीओ जारी गर्न अनुमति Read Previous

गार्डियन माइक्रो लाइफले पायो आइपीओ जारी गर्न अनुमति

नीतिगत समस्याले डेढ लाख क्यूफिट सालको काठ सड्दै, करोडौं रुपैयाँ गुम्दै Read Next

नीतिगत समस्याले डेढ लाख क्यूफिट सालको काठ सड्दै, करोडौं रुपैयाँ गुम्दै