गार्डियन माइक्रो लाइफले पायो आइपीओ जारी गर्न अनुमति

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ जारी गर्न मंसिर ७ गते अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न अनुमति पाएको हो ।

कम्पनीले अब पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र दोस्रो चरणमा सर्वसाधरणलाई आइपीओ जारी गर्नेछ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । हाल ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि ७५ करोड रुपैयाँ पुग्नेछ ।

नेपाल-कम्बोडिया सीधा हवाई उडान सुरू गर्न पहल Read Previous

नेपाल-कम्बोडिया सीधा हवाई उडान सुरू गर्न पहल

ग्रेनाइट र मार्बलको भन्सार दर घट्यो, अन्तःशुल्क हटाइयो Read Next

ग्रेनाइट र मार्बलको भन्सार दर घट्यो, अन्तःशुल्क हटाइयो